राप्रपा नेपाल केन्द्रीय समिती बैठक आजबाट सुरु हुँदै

राप्रपा नेपाल केन्द्रीय समिती बैठक आजबाट सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज देखि काठमाडौँमा सुरु हुँदैछ।

बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ। पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक संञ्जालमा लेखेका छन्। बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन्।

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Skip This
Skip This
Logo