सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसालाई रोक्न निर्देशिका नै बनाएर जानुपर्छः मन्त्री शर्मा

सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसालाई रोक्न निर्देशिका नै बनाएर जानुपर्छः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसा न्यूनीकरणका लागि तत्काल नियमावली वा निर्देशिका नै बनाएर समस्याको सम्बोधन गर्नुपर्ने बताएकी छिन्। 

ललितपुरमा आयोजित डिजिटल हिंसालाई सम्बोधन गर्न आवश्यक नीति,चुनौती र समस्या समाधान तथा अन्वेषण एक अन्तर्क्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो धारणा राखेकी हुन्। 

उनले सामाजिक सञ्जालबाट जानेर गरिने हिंसा र नजानेरै हुने हिंसालाई सम्बोधन गर्न सक्ने हिसावले स्वनियमनलाई नै जोड दिएर आमसञ्चार कानून भन्दा पहिला नियमावली बाटै सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

सामाजिक सञ्जालबाट हुने गरेका चरित्र हत्या,हिंसालाई कानून निर्माण गर्नुभन्दा पहिल्यै नियमावलीमार्फत भएपनि सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्,‘अहिले हामी एउटा निर्देशिका अथवा नियमावली के सम्भव हुन्छ त्यो बनाउँदै त छौँ। तर, सँगगँगै समानान्तर रुपमा कानून पनि निर्माण गरिराखेका छौँ। पास गर्ने हिसावले त्यो छिटो हुन्छ, कानून ढिलो हुन्छ,भनेर कानून पनि सँगै अगाडि बढाइराखेको भएर यसमा पहिलो कुरा के लाग्यो भने स्वनियमनको कुरा हो। स्वनियमनको कुरामा हामीले उल्लेख गर्नुपर्छ,त्यसपछि जनचेतनाको कुरा हो।’

त्यस्तै उनले सामाजिक सञ्जालबाट हुने हिंसा न्यूनीकरणका लागि सरकारले नै लक्षित जनसंख्यालाई साइबर शिक्षा र सुरक्षाबारे जनचेतनामूलक कार्यक्रम गर्नेमा जोड दिइन्। उनले बढ्दो डिजिटर हिंसाले बढाएको समस्या र चुनौतीलाई कानूनमा पनि कसरी सम्बोधन गर्न सकिन्छ त्यसमा सरकारलाई सुझाउन सरोकारवाला निकायलाई आग्रह गरिन्। 

‘आज जुन यो सोसल मिडियाबाट व्यक्तिप्रतिको हुने डिजिटल हिंसाको जुन विषय उठान गर्नुभएको छ,यो डिजिटल हिंसालाई न्यूनीकरण कसरी गर्ने,अन्य कसरी गर्ने भन्ने विषयमा राम्रो सँग सोचौँ। कानूनमा के प्रावधान राख्दाखेरी उपयुक्त हुन्छहोला भन्ने कुरामा सुझावहरु यहाँहरुबाट आओस् भन्ने अपेक्षा गर्छु’, मन्त्री शर्माले भनिन्। 

कार्यक्रममा सहभागी भएका सरोकारवाला निकाय,सञ्चारकर्मी तथा कलाकारहरुले सामाजिक सञ्जालमा हुने गरेका हिंसात्मक गतिविधिलाई स्वनियमनले मात्रै नपुग्ने र प्रभावकारी रुपमा कानूनी उपचारमा जानुपर्ने धारणा राखेका छन्। 

Logo