सांसद सिंहकाे प्रश्रः गौहत्याको घटनाप्रति सरकार किन मौन ?

सांसद सिंहकाे प्रश्रः गौहत्याको घटनाप्रति सरकार किन मौन ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले गौहत्याको घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले सरकार गौहत्याका घटना घटिरहँदा सरकार के हेरेर बसेको भन्दै प्रश्न गरे । ‘राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज भत्तेर गरेर मिडियामा देखाउने कार्य भईरहेको छ । कही यो केही तत्व वा बाहिरी प्रभावमा त हुन गइरहेको छैन ? सरकारले के हेरिरहेको छ । ? एक शब्दबोल्न सकिरहेको छैन् । यहि यहि निहुँमा धार्मिक द्धन्द वा जातित्व द्धन्द भयो भने के हुन्छ ?’

उनले बल्लबल्ल सदन खुल्यो तर जनताका कुराहरु भने नउठेको टिप्पणी पनि गरे । ‘बल्ल तल्ल हिजो सदन खुल्यो सबैलाई बधाई दिँदादिँदै दिन बित्यो । एक महिना अगाडिदेखि बाढी र पहिरोले पुरेर मकवानपुर जिल्लाको फापरबारी गाउँपालिकाको झुरझुरे ठाउँमा ७ जनाको परिवार एकै चिहान भयो । त्यो बारेमा यहाँ केही राखौंला भनेको थिएँ । यहि हाईवे तिर पहिरोले बाटो अवरुद्ध हुँदा कयौंले कष्ट भोग्नुप-यो । कतिले त बसमै बच्चा पाए । त्यतातिर कसैको ध्यान भएन । ’

बाढि पहिरोले गर्दा धेरैको घरपरिवार उजाडिएको प्रति सरकारको ध्यान नगएको भन्दै सांसद सिंहले जनताका सवालमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए । 

Logo