काठमाडौं ।
नेकपामा पछिल्लो पटक देखिएको विवादको समाधानका लागि नेताहरुको सक्रियता बढेको छ । यसैक्रममा आज दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ३ घण्टा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच ३ घण्टा भेटवार्ता भएको थियो । वार्तामा नेकपा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माको पनि सहभागी थियो ।
३ घण्टा कुराकानी भए पनि निष्कर्ष भने केही पनि निस्किएन । उनीहरुबीच भोलि बिहान पनि भेटवार्ता हुने बताइएको छ । भोलि नै पार्टीको स्थायी कमिटी बैठक पनि बस्दैछ ।





























प्रतिक्रिया