ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियोः मन्त्री ज्वाला

ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियोः मन्त्री ज्वाला

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदालतले दोषी देखाएपनि जनताले नपत्याउने बताएका हुन् । 

उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउन खोजियो । माधव नेपालले भ्रष्टाचार ग-यो भनेर यो दुनियाँमा कसैले पत्याउछ । ? सायद समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौं हामी । त्यसलाई जनताले पत्याउँदैनन् ।  कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन । यो षड्यन्त्रको कडी हो ।’

मन्त्री ज्वालाले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने र सबैभन्दा क्लिन नेताहरु नेकपा एसमै भएको बताएका छन् । पार्टीलाई कमजोर नवनाई उच्च मनोबलको साथ अगाडि बढ्नु पर्ने उनको भनाई छ । 

Logo