कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छः बाबुराम भट्टराई

कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छः बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शिक्षालाई कुनै निजी क्षेत्रको मुनाफाका लागि दिन नहुने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित वर्तमान शिक्षा नीति र अबको गन्तव्य विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी राज्यले लिनु पर्ने बताएका हुन् । 

उनले भने, ‘१२ कक्षासम्मको शिक्षा त्यसलाई पूर्ण रुपले राज्यले नै लिनुपर्छ तर शिक्षा ऐनमा त्यो खालको नीति आउन सकेको छैन् भन्ने मैले सुनेको छु । आउन खोजेको कुरालाई पनि विरोध गरेर सरकारले खुट्टा कमाएको भन्ने छ । त्यो गर्नुहुदैँन । संविधानले नै मौलिक हक भनेर राखेको शिक्षालाई कुनै नीजि क्षेत्रको मुनाफाको लागि दिन सकिदैँन् । जसले लगानी गर्नुभएको त्यसले ट्रष्ट बनाएर, परोपकारी ढङ्गले लान सक्नु हुन्छ । तर मुनाफामा जानु हुँदैन ।’ 

अध्यक्ष भट्टराईले वैज्ञानिक र आधुनिक शिक्षा सबैले पाउनुपर्ने उल्लेख गर्दै यसकाे  दायित्व केही मान्छेले लिएर नहुने पनि प्रष्ट पारे । शिक्षाको दायित्व राज्यले लिनुपर्ने उल्लेख गर्दै उनले शिक्षालाई मुनाफाको लागि व्यापारिकरण गर्नु नहुने प्रष्ट पारे । 

Logo