प्राइम कमर्सियल बैंककाे सीईओ बने संजीव मानन्धर

प्राइम कमर्सियल बैंककाे सीईओ बने संजीव मानन्धर

केन्द्रबिन्दु
0
Shares

प्राइम कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धरलाई नियुक्त गरेकाे छ। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई सीईओका रूपमा नियुक्त गरेको हो। 

मानन्धरले आज नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

उनले नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका थिए । मानन्धर प्राइम बैंक स्थापना भए यता महाप्रबन्धकका रुपमा कार्यरत थिए । यसअघि पनि प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिएर बाहिरिएपछि मानन्धर सो बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

सीईओ मानन्धरको बैंकिङ क्षेत्रमा २९ वर्ष भन्दा धेरैकाे अनुभव रहेकाे छ । उनले भारतबाट चार्टर्ड एकाउन्टेन्ट (सीए) गरेका हुन् । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए ।

Logo