माडागास्करमा भागदौडमा परी १२ को मृत्यु

माडागास्करमा भागदौडमा परी १२ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी देश माडागास्करमा एउटा ठूलो दुर्घटना भएको छ। मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिएको थियो,जसमा १२ जनाको मृत्यु हुन पुगेको छ। 

सो दुर्घटनामा परेका ८० जना घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जनाएको छ। राष्ट्रपतिले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जनतालाई मौन बस्न आह्वान गरेका छन्।

विदेशी सञ्चारमाध्यमका अनुसार इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह शुक्रबार मेडागास्करको बरिया स्टेडियममा भएको थियो। कार्यक्रममा करिब ५० हजार दर्शकको उपस्थिति रहेको थियो। सो क्रममा रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो। भागदौडमा १२ जनाको मृत्यु भएको थियो। 

मेडागास्करका प्रधानमन्त्री क्रिस्चियन न्त्से अस्पताल पुगेका छन्। यस क्रममा उनले पत्रकारहरुलाई भने कि भागदौडमा करिब ८० जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ।

Logo