सानिमा बैंकको दराजसँग सहकार्य, हरेक महिनाको ७ गते विशेष छुट

सानिमा बैंकको दराजसँग सहकार्य, हरेक महिनाको ७ गते विशेष छुट

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज मन्थ्ली पे डे’ योजनाअन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ।

ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु ७५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ। अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानल मा राखिएको छ। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।

Skip This
Skip This
Logo