उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तिव्र पारे मात्र राजनीति परिवर्तनको औचित्य पुष्टि हुने तर्क गरेका छन्।
आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उनले देशलाई स्वाधीन, समृद्ध बनाए मात्र राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुने बताएका हुन् ।
उनले भने,‘राजनीति परिवर्तनको औचित्य पुष्टि गर्न राजनीतिक परिवर्तनको रक्षालाई सुदृढ गर्न हामीले समामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तिव्र पार्नु पर्छ। नेपाललाई स्वाधिन सुन्दर देश र समृद्ध देश बनाउनु पर्छ तव हामीले यो राजनीतिक परिवर्तनलाई सदुपयोग गरेको पुष्टि हुन्छ।’
उनले सरकाको मिसन नै सुशासन समृदी र सामाजिक न्याय भएको दाबी गरे। भ्रष्टाचार र अपराधको प्रभावकारी नियन्त्रण र आपराधिक क्रियाकलापमा संलग्नमाथि कारबाहीको प्रक्रिया थालेर देशमा शुसासन कायम गर्ने काममा सरकार लागेको उनको भनाई छ।





























प्रतिक्रिया