सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिन्छः शिक्षामन्त्री राई

सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिन्छः शिक्षामन्त्री राई

केन्द्रबिन्दु
0
Shares

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका छन्।

आइतबार बसेको राष्ट्रिय शिक्षा दिवस समितिको बैठकमा उनले ४ वर्षदेखी अवरोध भएको दिवस असोज २ गते भव्य रुपमा मनाएर राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका हुन्। 

उनले भने,‘राष्ट्रिय शिक्षा दिवस ४ वर्ष देखि अवरोध भएको अवस्था छ। त्यसको बाटो अब खुलेको छ। अब आउने असोज २ लाई विशेष उत्साहका साथमा मनाउनका निम्ति प्रयत्न गर्नेछौँ।’ उनले शिक्षा दिवसलाई भव्यता पूर्वक मात्र नभई शिक्षालाई उपलब्धि मूलक र परिणाममुखी बनाउने प्रतिवद्धता जनाए। 

Logo