अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन ।
संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ ।

अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमा भन्दा पनि कोरोना महामारीका समयमा अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ ।

पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमा देखिएको यो अवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक सङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ ।

महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमा काम गर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पत्रिकाका अनुसार केही व्यवसायले ५–५० प्रतिशत पारिश्रमिक कटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्ने चलाखीपूर्ण निर्णयहरू गरेका छन् । गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामा महामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

पोष्टसँगको सहकार्यमा तयार एक तथ्याङ्कमा साना व्यवसायको लगभग एक तिहाइले र कामदारको तलब वा घण्टा कम्तीमा १० प्रतिशतले कटौती गरिएको पाइएको तेस्लाका गुस्टोले बताए । थोरै गति देख्न लामो समय लाग्यो तर पछिल्लो अवस्थाले फेरि झस्काएको छ ।”

अध्ययन अनुसार कम्तीमा एक कामदारको पारिश्रमिक कटाउने व्यवसायहरू ९.५ प्रतिशत रहेका छन् भने २२ प्रतिशतले काम गर्ने समयलाई कटौती गरेका छन् । अमेरिकामा तलब घटाउने कम्पनीहरूको सूचीमा जनरल मोटर्स, बजफिड न्यूज, ओक्सिडेंटल पेट्रोलियम, एचसीए हेल्थकेयर, मास जनरल ब्रिघम, तेस्ला, सोथेबी लगायत रहेका छन् । “तलब कटौतीका कारण उच्च पारिश्रमिक भएका मजदुरहरुको लागि पुनर्भरण गर्न गाह्रो हुने देखिन्छ,” इन्डिड हाएरिङ ल्याबका अनुसन्धान निर्देशक निक बन्करले भने ।रासस

Logo