राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति पाउने भएको छ।
सत्ता गठबन्धनले पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको हो । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति माओवादीले पाउने समझदारी भएको थियो। माओवादीबाट उक्त समितिको सभापतिमा माधव सापकोटा उम्मेदवार बन्ने तय भएको थियो। तर, आज राप्रपालाई दिइएको हो ।
अब राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप निर्वाचन प्रक्रिया अघि बढेको छ।





























प्रतिक्रिया