नेपाली काङ्ग्रेसकी सांसद आरजु देउवाले कृषि, शहकारी तथाप्राकृतिक स्रोत समितिमा सकारात्मक परिणाम दिनसक्ने आशा लिएको बताएकी छिन् ।
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आफ्नो उम्मेदवारीपश्चात सांसद देउवाले आफू पहिलादेखि नै वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्यका साथ समितिमा आएको बताइन् ।
उनले भनिन्, ‘नेपालले रिग्रिनिङ्मा अन्तरराष्ट्रियरेकर्ड बनाएको छ । तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सबै चुनौतीहरुलाई समाधान गर्न काम गर्न सक्छु भनेर म आएको र यसमा राम्रो परिणामदिन सकिन्छभन्ने आशा गरेको छ । म कृषकको पनिछोरी भएको हुनाले त्यो क्षेत्रमा के सुधार आवश्यक छ भन्ने हुनाले यो क्षेत्रमाकाम गर्नु पर्छ भनेर आएको हो ।’
यस्तै, सांसद देउवाले उक्त समिति जनताको दैनिक कार्यसँग सम्बन्धित समिति भएको हुनाले पनि यसमार्फत जनताको पक्षमा कामहरु गर्नसक्ने बताइन् ।































प्रतिक्रिया