मनाङमा हिउँ चितुवा संरक्षणका लागि मैत्रिपूर्ण फुटबल हुने

मनाङमा हिउँ चितुवा संरक्षणका लागि मैत्रिपूर्ण फुटबल हुने

केन्द्रबिन्दु
0
Shares

तापमान वृद्धिको असरबारे जनचेतना जगाउने उद्देश्यले मनाङमा खेलकुद प्रतियोगिता हुने भएको छ । 

विश्वव्यापी रुपमा हिउँ चितुवा, वातावरण चौरी र हिमालयको संरक्षणका लागि, कलाकार र स्थानीय युवाबीच मैत्रिपूर्ण खेलकुद प्रतियोगिता हुने भएको हो । 

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जैविक विविधता संरक्षण समाज नेपालले मनाङको चामे, पिसाङ र मनाङमा फुटबल तथा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । 

त्यस्तै, महिला तथा युवा समूहले स्थानीय सांस्कृतिक कला प्रर्दशन गर्नेलगायतका कार्यक्रम तय भएको पनि जानकारी दिइएको छ । सो अवसरमा त्यस क्षेत्रका चर्चित ठाउँको भ्रमणको समेत कार्यक्रम राखिएको जानकारी दिइएको छ । 

Logo