‘जनगायक जेवि टुहुरे साहित्य र सांस्कृतिक आन्दोलनको धरोहर’ -प्रधानमन्त्री प्रचण्ड

‘जनगायक जेवि टुहुरे साहित्य र सांस्कृतिक आन्दोलनको धरोहर’ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ जनगायक जेवि टुहुरे साहित्य र सांस्कृतिक आन्दोलनको धरोहर भएको बताएका छन् । 

आईतबार काठमाडौंमा वरिष्ठ जनगायक जेवि टुहुरेको दोस्रो स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले जनगायक टुहुरे कुनै पार्टी,गुट बिशेष विशेषको मात्र नभएर सिङ्गो राष्ट्रको वाम लोकतान्त्रिक, साहित्य र सांस्कृतिक आन्दोलनको एउटा धरोहर भएकाले उनलाई कँहि कतै कैद गर्न खोजियो भने अन्याय हुने तर्क गरे । 

उनले भने,‘उहाँ कुनै पार्टी बिशेष, गुट बिशेष या कुनै समुह विशेषको मात्र धरोहर होईन । उहाँ सिङ्गो राष्ट्रको नेपालको वाम लोकतान्त्रिक आन्दोलनको, साहित्य र सांस्कृतिक आन्दोलनको एउटा धरोहर हो । उहाँलाई कँहि कतै कैद गर्न खोजियो भने मेरो विचारमा उहाँमाथि अन्याय हुन्छ ।’

प्रधानमन्त्री दाहालले टुहुरेको गीतहरुले नागरिकको दुःख र अन्यायको विरुद्ध आवाज उठाउने गरेको बताए । टुहुरेको योगदान प्रेरणाको श्रोत बनेर अमर रहने टिप्पणी गरे । उनले भने,‘नागरिकको दुःख बोल्थ्यो अन्यायको विरुद्ध आवाज उठाउँथ्यो । सिङ्गो राजनीति परिवर्तनका निम्ति अप्ठ्यारोमा जनताको राहतको लागि उहाँको योगदान आज पनि छ र भोलिपनि प्रेरणाको श्रोत बनेर अमर रहन्छ ।’

Skip This
Skip This
Logo