अन्ततः रास्वापाबाट संसदीय समिति सभापतिकाे उम्मेदवारी फिर्ता

अन्ततः रास्वापाबाट संसदीय समिति सभापतिकाे उम्मेदवारी फिर्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

समितिको आजको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताए । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

रास्वपाका उम्मेदवारले उमेद्वारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेकामा उम्मेदवार खानले आफूले अल्पसंख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले जनताको पक्षमा काम गर्ने हुटहुटी छ, मलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्दछु भनेको जानकारी गराए । 

Skip This
Skip This
Logo