आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले नै एमसीसी टेबुल गरेः धर्मेन्द्र बास्तोला

आत्महत्या गर्छु भन्ने अग्नि सापकोटाले नै एमसीसी टेबुल गरेः धर्मेन्द्र बास्तोला

केन्द्रबिन्दु
0
Shares

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्न परे आत्महत्या गर्छु भन्नेहरु नै सम्झौताको पक्षमा उभिएको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयन विरुद्धको वृहत अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता बास्तोलाले एमसीसीमा हस्ताक्षर गर्नुपर्‍यो भने अर्थात टेबुल गर्नुपर्‍यो भने आत्महत्या गर्छु भन्ने स्वयमले एमसीसीको पक्षमा हस्ताक्षर गरेको आरोप लगाएका हुन् । 

उनले भने,‘अग्नि सापकोटा हुनुहुन्थ्यो सभामुख र उहाँले के भन्नु भएको थियो भने यो एमसीसीमा हस्ताक्षर गर्नुपर्‍यो भने अर्थात टेबुल गर्नुपर्‍यो भने म आत्महत्या गर्छु बरु टेबुलगर्दिन भन्नु भएको थियो सार्वजनिक रुपमा नै तर त्यहिअग्नि सापकोटा हो उहाँले नै त्यो काम गर्नुभयो ।’

Skip This
Skip This
Logo