- तिलु शर्मा पौडेल
दोहा कतार ।
गत जुन २१ तारीखमा कतारबाट पहिलो चार्टर उडान मार्फत सहजीकरण उडान सुरु गरेको नेपाल एयरलाइन्सले आज आफ्नो पाचौं तथा पहिलो चरणको आठौँ उडान गरेको छ । कतारको हमाद विमानस्थलबाट एयरलाइन्सले गए राति १४१ पुरुष, ६ महिला तथा २ शव लिएर उडेको जानकारी नेपाली राजदूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले दिएका छन् ।

कोरोनाका कारण जागिर गुमाएका, विभिन्न किसिमका भिसामा रहेका तथा बिरामीहरूले दूतावासको फारम भरेर तथा नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा उडान गरेका हुन् । प्रवासमा विभिन्न किसिमले समस्यामा परेकालाई नेपाल प्रवेशमा सघाउने सरकारको निर्णय बमोजिम कतारबाट हिमालयनले ३ तथा नेपाल एयरलाइन्स ५ ले चार्टर उडान गरी सकेका छन् ।
यात्रीहरूलाई बिदाइ गर्न दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूतावासका तर्फबाट भट्टराई, तृतीय सचिव तुलसी कोइरालासहित नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कतारबाट आजसहित कुल १ हजार ४७७ यात्रुहरूले उडान भरेका छन् भने ३४ वटा शव नेपाल पठाइए सकिएको पुष्टि भट्टराईले गरेका छन् ।
भोलि शनिवार साझा दोहाबाट नेपाल तथा हिमालयन एयरलाइन्सले पहिलो चरण अन्तर्गत नवौँ तथा दसौँ चार्टर उडान गर्ने भएका छन् ।





























प्रतिक्रिया