एउटै हेल्मेटको मूल्य लाख, हजारदेखि लाखसम्मका स्टाइलिस हेल्मेटको नेपाली बजार [भिडियाेसहित]

एउटै हेल्मेटको मूल्य लाख, हजारदेखि लाखसम्मका स्टाइलिस हेल्मेटको नेपाली बजार [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

दुई पाँग्रे सवारी साधन चलाउनका लागि अत्यावश्यक वस्तु हो हेलमेट। हेलमेटको प्रयोग बिना बाइक अगाडी बढ्नै सक्दैन। हेलमेट लगाउनु नियम तथा सुरक्षाको दृष्टिले निकै महत्वपूर्ण छ। दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि हेलमेटको प्रयोग गर्छन्। 

विशेष गरी उपत्यका बाहिर तथा ग्रामीण भेगका धेरै स्थानहरुमा यस्तो दृश्य देखिन्छ। त्यसैका कारण पछिल्लो समय सडक दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा अत्याधिक वृद्धी भएको देखिन्छ।

तर हेलमेट सवारी चालकको सुरक्षाका लागि भएपनि सकभर यो नलगाउन पाए हुन्थ्यो भन्ने भाव हरेक चालकमा देखिन्छ। अझछोटो दुरी तथा ट्राफिक प्रहरी नहुने ठाउँमा त झन पाएसम्म हेलमेट नै नलगाई सवारी चलाउन खोज्नेको संख्या पनि उत्तिकै छ।

विशेष गरी उपत्यका बाहिर तथा ग्रामीण भेगका धेरै स्थानहरुमा यस्तो दृश्य देखिन्छ। त्यसैका कारण पछिल्लो समय सडक दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा अत्याधिक वृद्धी भएको देखिन्छ। विषेश गरी सडक दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकल चालक नै पर्ने गरेका छन्।

नेपाली बजारमा पाइने अधिकांश हेलमेट विदेशबाट नै आयात गरिन्छ। नेपालमा पनि हेलमेटका केही सर-सामग्री ल्याएर नगन्य मात्रामा सञ्चालन भएपनि ती कुनै पनि उद्योगले नेपालकोमा गलाई धान्न सकेको छैन। 

हेलमेटको प्रयोगले मोटरसाइकल दुर्घटनाबाट बच्न ६७ प्रतिशत र त्यसबाट हुने मृत्युलाई रोक्न ३७ प्रतिशत प्रभावकारी रहेको ‘अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एड मिनि स्ट्रेशन (एनएचटीएसए)को एक अध्ययनले देखाएको छ।

नेपाली बजारमा पाइने अधिकांश हेलमेट विदेशबाट नै आयात गरिन्छ। नेपालमा पनि हेलमेटका केही सर-सामग्री ल्याएर नगन्य मात्रामा सञ्चालन भएपनि ती कुनै पनि उद्योगले नेपालकोमा गलाई धान्न सकेको छैन। 

बाइक बनाउने अन्तर्राष्ट्रिय कम्पनीले प्रत्येक महिना नयाँ-नयाँ मोडलका बाइकहरु नेपाली बजारमा बिक्रिका लागि लिएर आउने गरेका छन्। जसका कारण लाखौँ मुल्य पर्ने बाइकहरु सडकमा गुडेको देख्न पाइन्छ। हरेक बाइक सँगसँगै चालकको टाउकोमा आँखै खाने गरी टल्किने हेलमेटको प्रयोग पनि देख्न सकिन्छ।
 
पहिले सुरक्षाको दृष्टि तथा ट्राफिक नियमको पालना गर्न मात्र प्रयोग गरिने हेलमेट अहिले भने फेसनका रुपमा बढी प्रयोग भएको देख्न सकिन्छ। सुरक्षाको दृष्टि सँगसँगै नयाँ तथा आकर्षक डिजाइनका महँगा हेलमेट लगाउनु अहिलेका युवायुवतीका लागि फ्यासन नै बनेको छ। मूल्यका हिसाबमा बजारमा हेलमेट न्युनतम हजारदेखी उच्चतम् लाखौँ रुपैयाँसम्म पर्छन्।

पहिले सुरक्षाको दृष्टि तथा ट्राफिक नियमको पालना गर्न मात्र प्रयोग गरिने हेलमेट अहिले भने फेसनका रुपमा बढी प्रयोग भएको देख्न सकिन्छ। सुरक्षाको दृष्टि सँगसँगै नयाँ तथा आकर्षक डिजाइनका महँगा हेलमेट लगाउनु अहिलेका युवायुवतीका लागि फ्यासन नै बनेको छ

एउटा मोटरसाइकलको आधा जति मूल्य त राम्रो हेलमेटको नै पर्न जान्छ। यहि बिषय वस्तुलाई केन्द्रमा राखेर केन्द्रबिन्दु टोलीले काठमाडौँ त्रिपुरेश्वरपस्थित विभिन्न हेलमेट पसलहरुमा गई अहिले बजारमा कस्ता प्रकारका हेलमेट उपलब्ध छन्? मूल्य कतिपर्छ? सुरक्षाको दृष्टिकोणले कुन हेलमेट बढी प्रभावकारी छ? कस्ता हेलमेट बढी बिक्री हुन्छन्? भनि बिक्रिताहरुलाई प्रश्न गरेको छ। 

Skip This
Skip This
Logo