कंगोमा एक गाउँमा लडाकु समुहले आक्रमण गर्दा १४ जनाको मृत्यु

कंगोमा एक गाउँमा लडाकु समुहले आक्रमण गर्दा १४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अफ्रिकी देश कंगोको एउटा गाउँमा फेरि हमला भएको छ। मिलिशिया समूहका लडाकुहरूले गरेको आक्रमणमा १४ जनाको मृत्यु भएको छ। कंगोली सेनाले सो आक्रमणको पुष्टि गरेको छ।

समाचार अनुसार कर्णेल मापेला म्विनियामाले भने कि कोडको मिलिशियाका केही सशस्त्र लडाकुहरू गोबु गाउँमा प्रवेश गरेका थिए। यस क्रममा लगातार गोलीबारी भएको थियो। 

कङ्गोली सेनाले जवाफी कारबाही गरेको थियो। यस क्रममा ९ सर्वसाधारण, चार आक्रमणकारी र एक सैनिक मारिए। सोही क्रममा दुई सैनिक र दुई सर्वसाधारण घाइते भएका छन्।

Logo