न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। आइतबार बसेको न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा शर्मालाई नियुक्ती गर्न पुनःसिफारिस गरेको हो।
अघिल्लो वर्ष कायममुकायम प्रधानन्यायाधीश दीपकराज कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले २०७९ भदौ २१ गते जनकपुर उच्च अदालतका कामु मुख्य न्यायाधीश शर्मासहित तुल्सीपुर उच्च अदालतकी मुख्यन्यायाधी शनीता गौतम दीक्षित र नेपाल ल क्याम्पसका प्राध्यापक डीएन पराजुलीलाई सर्वोच्चमा नियुक्ति गर्न सिफारिस गरेको थियो।
तर, सरकारले निर्वाचनको घोषणा गरेसँगै उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन। जसले गर्दा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएर पनि उनीहरूको नियुक्ती हुन सकेको थिएन।





























प्रतिक्रिया