नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास, सुन प्रकरणमा संलग्न मन्त्री प्रधानमन्त्रीलाई किन कारबाही भएन भन्दै प्रश्न गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभामा सांसद सुवालले भने, ‘ललिता निवासको सरकारी जग्गामा व्यक्तिको नाममा दर्ता गरिदिने सुन तस्कर र नक्कली भुटानी शरणर्थी प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीहरुलाई कारबाही किन भएन ?’
सांसद सुवालले शासक दलका नेता र प्रधानमन्त्रीहरु अपराधमा संलग्न भएता पनि कारबाही नहुने के यो निर्वाचित राजतन्त्र हो र ? भन्दै प्रश्न समेत गरेका छन् । अरबौं रुपैयाँको महशुल नबुझाउनेहरुसंग कुनकुन मन्त्रीको सांठगाँठ छ ? छानविन गरि कारबाही गर्न जरुरी भएको उनको भनाई छ ।





























प्रतिक्रिया