सरकारले कोही मान्छे आमरण अनसन बस्छ भन्ने डर राख्नहुन्नः सांसद पौडेल

सरकारले कोही मान्छे आमरण अनसन बस्छ भन्ने डर राख्नहुन्नः सांसद पौडेल

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको वेथितीलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले १ खर्व ६२ अर्ब रकम बाहिर गइरहेको भन्दै त्यसलाई रोक्न पनि ऐन संशोधन गर्न जरुरी रहेको बताएका हुन् । ‘गत साल मात्र १ खर्व ६२ अर्ब बाहिर गएको छ । यति ठुलो रकम बाहिर गएको छ भने आफैं कलेज खोलेर चलाएकालाई नियमन गर्ने कुरा कोही मान्छे आमरण अनसन हड्ताल बस्छ भनेर उसको डरले यसमा किन नल्याइएको होला ?’ उनले भने । 

सांसद पौडेलले यस्ता अप्ठेरा परेका विषयहरु सच्याउन सरकारलाई आग्रह गरेका छन् । उनले देशमै जनशक्ति उत्पादन गर्न नदिएको बताएका छन् ।

Logo