कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को छलफलमा सांसदहरु उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विधेयक अहिलेको आवश्यकता भएको भन्दै बचाउ गरे । जनताको आँखामा छारो हाल्नेगरी विधेयक ल्याइएको भन्ने विषयसमेत आधारहीन भएको उनको तर्क छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उठाएको प्रश्नको जवाफ दिँदै उनले आँखामा छारो हाल्ने नियतका साथ काम नगरेको भन्दै विधेयक अमुक मानिसलाई फाईदा हुने गरेर ल्याएको भन्ने कुरा गलत भएको दाबी गरे ।
उनले भने, ‘हामी चाहे सांसद बनौँ या मन्त्री हामीले सपथ गरेका छौं । जनता र ईश्वरको नाममा । र धर्म छोडेर र कसैको आँखामा छारो हाल्ने नियतका साथ हामीले काम गरेको छैनौं । यसमा अमुक मानिसलाई फाईदा हुने गरेर ल्याएको कुरा गलत हो ।’
मन्त्री गुरुङले प्रचलित केहि नेपालका ऐनको कार्यान्वयनको सन्दर्भमा देखिएको कठिनाई तथा सम्बोधन गर्नका लागि ७९ वटा ऐन मध्ये प्राविधिक तथा अनुसाङ्गीक त्रुटीहरु सुधार गर्ने प्रयोजनका लागि ३९ वटा र तत्काल संशोधन गर्नुपर्ने विषय समेटिएका ३८ ओटा ऐनमा संसोधन प्रस्ताव गरीएको छ ।































प्रतिक्रिया