राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रले जातिय राज्यको अवधारणा अघि सार्दाको दुष्परिणाम अहिले समाजमा देखिन थालेको आरोप लगाएका छन् ।
संघीय संसद भवनबाट बाहिरिने क्रममा मंगलबार प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले माओवादीले जातिय विजारोपणलाई अघि सारेको र त्यसैको दुष्परिणाम समाजमा देखिन थालेको आरोप लगाएका हुन् ।
उनले भने, ‘नेकपा माओवादीले जुन किसिमको जातिय राज्यको अवधारणा अगाडि सारेर एक प्रकारले विभाजनको विजारोपण ग-यो त्यसको दुष्परिणामहरु अहिले देखिन थालेका छन् ।’ उनले सामाजिक द्वन्द्वतर्फ समाजलाई धकेल्ने काम तत्काल रोक्नुपर्ने उल्लेख गरे ।
त्यस्तै अध्यक्ष लिङ्देनले तत्कालै कोशी प्रदेश सरकारमा सहभागि हुन नहुनेबारे राप्रपाले निर्णय गर्न हतार नगर्ने बताए । यथास्थितिमा कोशी प्रदेश सरकारमा सहभागि नहुने उनको दाबी छ । ‘अहिले हामीले कसैलाई सघाउने निणर्य गरेका छैनौँ, हतार गर्दैनौँ ।’ उनले भने ।































प्रतिक्रिया