पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छः प्रमुख सचेतक गिरि

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छः प्रमुख सचेतक गिरि

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई सक्रिय राजनीतिमा आए एमालेले स्वागत गर्ने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरिले भण्डारी नेकपाको पूर्व नेत्री भएकाले फेरि सक्रिय राजनीतिमा फर्किन सक्ने बताएका हुन् । 

उनले भने, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्व नेता हो । हाम्रो पार्टीको उहाँले अहिले फेरि नेकपा एमालेमा आएर सक्रिय राजनीति गर्छु भन्ने हो भने कानूनले पनि रोक्दैन् संविधानले पनि रोक्दैन् । पार्टीको विद्यानले पनि रोक्दैन । आउने कि नआउने भन्ने बारेमा उहाँले राष्ट्रपतिमा जिम्मेवारी पूरा गरिसकेपछि अब गम्भीरताका साथ सोच विचार गरेर निर्णय गर्नुहुन्छ ।’

त्यस्तै, प्रमुख सचेतक गिरिले नेकपालाई प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष माधव नेपालले फुटाएको आरोप लगाए । प्रचण्ड र अध्यक्ष माधव नेपालले आफ्नो सरकार ढलाउने र अरुको नेतृत्वमा सरकार बनाउनको लागि हस्ताक्षर गर्दे  हिँडेको उनको दाबी छ । 

उनले भने, ‘आफ्नै पार्टीको नेतालाई अध्यक्षबाट फाल्ने संसदीय दलको नेताबाट फाल्ने, पार्टी सदस्यबाट पनि हटाउने आफ्नो सत्ता गिराउन अरु सत्तासँग सहमति गर्ने हस्तक्षप गर्ने अनेक खेल भएका थिए । त्यसले पार्टी फेरी एक भएर जान सकेन त्यो पछि निर्माण गर्ने काम प्रचण्ड र माधव नेपालले गर्नुभएको थियो । आफ्नो सरकार ढलाउने र अरुको नेतृत्वमा सरकार बनाउनको लागि हस्ताक्षर गर्दै हिँडे त्यसैले नेकपा एकठाउँमा आउन सकेन । यसको जिम्मेवार प्रचण्ड र माधव नेपाललगायतको नेता हो ।’ 

Logo