झुट बोल्ने र बेइमानी गर्ने काम सबै माओवादीले नै गरेको छः अध्यक्ष ओली

झुट बोल्ने र बेइमानी गर्ने काम सबै माओवादीले नै गरेको छः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने कुरा नेकपा माओवादीले नै झुट बोलेर भ्रम फैल्याएको आरोप लगाएका छन् । 

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रुपमा भन्नुपर्ने तर्क गरेका हुन् । उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने कामजति माओवादीले नै गरेको बताए । 

उनले भने,‘सत्ता पक्षले झुट बोलिराखेको छ । राप्रपाले उहाँहरुलाई समर्थन गर्ने भयो भन्ने कुरा हो भने राप्रपाले भन्नुप-यो नि त उहाँहरुलाई समर्थन गछौं,सम्झौता भएको छ भनेर । यो झुटपनि कति बोल्ने हो?माओवादी भन्ने पार्टी,सबै ठाउँमा झुट बोल्ने र बेइमानी गर्ने कामजति माओवादीले नै गरेको छ ।’

Skip This
Skip This
Logo