सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुल पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुल पक्राउ

केन्द्रबिन्दु
0
Shares

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो पक्राउ गरेको हो ।

भेपमा ९ केजी सुन तस्करी गरिएको प्रकरणमा महरा परिवारको नाम जोडिँदै आएको थियाे । चिनियाँ नागरिक लीहान सोङ २०७९ पुष १० गते फ्लाई दुबईको उडानबाट नेपाल आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको छानविनबाट पुष्टि भएको थियो । भेप शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार गोदाममा नै राखेर थप अनुसन्धान अघि बढाइएको थियो । 

भेपभन्सार गोदाममा रहेको बेला केही कर्मचारीलाई प्रयोग गरी भेप उम्काउन हानसोङ लगायतको सुन तस्कर गिरोहको टोली सफल भएको थियो । स्थानीय बजारको भेप लगेर फेर्नुअघि अर्थात सुन भएको भेप छुटाउन महरा बाबु–छोराले भन्सारका कर्मचारी,सुन ल्याउने चिनियाँनागरिक हानसोङ लगायतका गिरोहका सदस्यसँग बारम्बार टेलिफोन गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएकाे थियाे । 

त्यसपछि अनुसन्धान नभएको भन्दै बढ्दो आलोचनाका बीच सीआईबीले उनलाई पक्राउ गरेको हो । 

Skip This
Skip This
Logo