काठमाडौँ महानगरपालिकाले आज र भोलि काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ।
बिहीबार (आज) गाईजात्रा र शुक्रबार (भोलि) गुँलागा दुतिया मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।
असन-केलटोल-इन्द्रचोक मखन-जैशिदेवल ज्याबहाल-लगन चोक-हनुमानढोका दरबार परिसर-गोफल-ब्रम्हटोल-गोफल ब्रम्हटोल-मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेको छ।






























प्रतिक्रिया