संसद अधिवेशन आजदेखि अन्त्य, के के भयो छैठौं अधिवेशनमा ?

संसद अधिवेशन आजदेखि अन्त्य, के के भयो छैठौं अधिवेशनमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसद अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । बैशाख २६ गतेबाट सुरु भएको बजेट अधिवेशन बिहीबार अपराह्न ५ बजेबाट अन्त्य भएको जानकारी राष्ट्रपतिले संघीय संसदलाई गराएकी हुन् । ‘‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति ०७७ असार १८ गतेको सिफारिसमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन ०७७ असार १८ गते बिहीबारका दिन अपराह्न ५ बजेबाट अन्त्य गरेको छु ।’’ राष्ट्रपतिले संसदमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

बिहीबार दिउँसो १ बजे राष्ट्रियसभा बैठक चलिरहेकै बेला मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । अधिवेशन अन्त्य हुने भएपछि राष्ट्रियसभाको दोस्रो बैठक आजै साढे २ बजे बसेको थियो । सो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए । कोरोना संक्रमणको जोखिमकै बीच सुरु भएको बजेट अधिवेशनबाट सरकारले नीति तथा कार्यक्रम, बजेट र केही विधेयकहरु पारित गरेको छ । केही विवादित विषयहरु (एमसीसी, नागरिकता विधेयक र निजामति विधेयक) का विषयमा यहि अधिवेशनमा छलफल भएर टुंगो लाग्ने विश्वास गरिएको थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभाका सभामुखसँग समेत कुनै परामर्श नगरी बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । संसद सचिवालयले सूचना जारी गर्दै आजबाट संसद अधिवेशन स्वतः अन्त्य हुने भएकाले २२ गते दिउसो १ बजेका लागि बोलाइएको बैठक समेत स्वतः अन्त्य भएको जानकारी गराएको छ ।

संसदको छैठौं (बर्षे) अधिवेशनबाट १० वटा विधेयकहरु पारित भएका छन् । संसदको कुल २६ वटा बैठक बसेको थियो । संसदले गरेका मूख्य कार्यहरुमा संविधान संशोधन विधेयक सर्वसम्मतीले पारित, विनियोजन विधेयक र आश्रीत विधेयकहरु पारित, कोरोना महामारीबाट बच्न अपनाइएको अभूतपूर्व सावधानी र चुस्त व्यबस्थापन, कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा पनि सदन सञ्चालन, कोरोना परिक्षण नगरिएका कसैलाई पनि प्रवेश नदिइएको, स्वास्थ्यका विषयमा विशेष सतर्कता अपनाईएको र कार्यव्यबस्था परामर्श समितिको बैठक मार्फत दलहरुसँग परामर्श रहेका छन् ।

२०७६ वैशाख २५ गते यता संघीय संसदले निर्वाह गरेको मुख्य कार्यहरु

क. २०७७ बैशाख २५ गते संघीय संसद भवन स्थित ल्होत्सेहलमा सम्माननीय सभामुख, शीष नेताहरु लगायत उपलब्ध माननीय सदस्यहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन ।

ख. २०७७ बैशाख २६ गते दिनको ४ बजे संघीय संसद छैठौं अधिवेशन सुरु

ग. २०७७ जेठ २ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा संसदको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ।

घ. २०७७ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट पेश

ङ. २०७७ जेठ २६ गतेको बैठकबाट रुकुम जिल्लाको सोती घटना छानविन गर्न मा. देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन

२०७७ जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दुई तिहाई बहुमत भन्दा बढी मतबाट पारित

२०७७ असार ४ गते प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्वारा प्रतिनिधि सभामा उत्पत्ति भएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” राष्ट्रिय सभाबाट पारित भएको सन्देशको जानकारी

२०७७ असार ४ गते सम्माननीय सभामुखज्यूले विधेयक प्रमाणीत गरि सम्माननीय राष्ट्रपति समक्ष प्रमाणीकणका लागि पेश

२०७७ असार ४ गते सम्माननीय राष्ट्रपतिद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” विधेयक प्रमाणिकरण ।

Skip This
Skip This
Logo