इक्यानले मनायाे २७औं वार्षिकोत्सव, शिक्षा क्षेत्रका समस्या समाधानमा थप शसक्त बन्ने प्रतिबद्धता

इक्यानले मनायाे २७औं वार्षिकोत्सव, शिक्षा क्षेत्रका समस्या समाधानमा थप शसक्त बन्ने प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २७औँ वार्षिकोत्सव मनाएको छ । संघले बुधवार काठमाडौँको बानेश्वरस्थित होटल एभरेष्टमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । 

वार्षिकोत्सवको अवसरमा इक्यानले शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था र नीतिगत व्यवस्थापन विषयको विज्ञहरूसँग छलफल चलाउनुका साथै संघमा आबद्ध विभिन्न सदस्य कम्पनीहरूको योगदानको आधारमा विविध विधामा ‘एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो । जसमा सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई १ लाख ५१ हजारसहित अन्य संस्थाहरूलाई सहयोग गरिएको छ । 

यो पटक इक्यानले आफ्नो स्थापना दिवस साताव्यापी विभिन्न कार्यक्रम गरेर मनाएको थियाे । ‘जर्नी बियोण्ड बाउण्ड्रिज’ भन्ने नारा तय गरेर सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भदौ ७ गते होटेल हार्दिक बागबजारमा रक्तदान एवं निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । त्यस्तै, भदौ ८ गते ‘इक्यानमा महिला नेतृत्वः सशक्तिकरण र प्रेरणा’ विषयक छलफल कार्यक्रम आयोजना गरिएको थियो । भदौ १२ गते संघ सँग आबद्ध ब्यवसायीहरुको साझा समस्या र सो को समाधानको निमित्त, शैक्षिक परामर्श क्षेत्रका चुनौती, अवसर र भावी योजना शीर्षकमा भर्चुअल अन्तरक्रिया आयोजना इक्यानले गरेको थियो ।

वार्षिकोत्सवलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले शैक्षिक परामर्श व्यवसायीहरुलाई विद्यार्थीलाई विदेश पठाउने काम मात्र नगरी उनीहरुले भोग्नुपरेका समस्या समाधानमा विशेष ध्यान आग्रह गरेका थिए । साथै उनले शिक्षा क्षेत्रमा नेपालको जनशक्ति निमार्ण र संसारसँग जोड्न विशेष भूमिका खेलेकोमा इक्यानलाई धन्यवाद दिए । 

त्यस्तै, वार्षिकोत्सवकै अवसरमा इक्यानका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेलले २७ वर्षसम्म शैक्षिक परामर्श व्यवसायीलाई मर्यादित र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्नै सम्पूर्णलाई धन्यवाद दिएका छन् । साथै उनले आम नेपाली परामर्श व्यवसायीहरूका साझा समस्या बोक्ने अग्रणी संस्थाका रूपमा इक्यान आज सम्म स्थापित भएको र आगामी दिनमा त्यो भूमिका अझै सशक्त हुने प्रतिबद्धता व्यक्त गरे। 

Logo