महिला श्रृजनशिल केन्द्र र राइजिङ नेपालले आयोजना गर्न लागेको ‘२०औँ डाबर बाटिका तीज फेस्टिवल-श्रृजनशिल उद्यमी मेला २०८०’ होटल अन्नपूर्णमा हुने भएको छ ।
महिलाहरुको उद्यमशिलतालाई विकास गर्ने उदेश्यले शुक्रबारबाट सुरु हुन लागेको तीज मेलाको तयारी पूरा भएको जानकारी गराउँदै आयोजकले मेला काठमाडौंस्थित होटल अन्नपूर्णमा हुने जानकारी गराएको हो । यसअघि द मल्ल होटल, लैनचौरमा आयोजना हुने भनिएकाे थियाे ।
भाद्र १७ गतेसम्म तीनदिन चल्ने मेलामा बृहत नेपाली महिला दिदिबहिनीद्वारा बनाइएको सामग्रीहरु ८० भन्दा बढि स्टलहरुमा राखिनेछन् । उक्त मेलामा १० हजारभन्दा बढी आगन्तुकहरुले अवलोकन गर्ने पनि आयोजकको दाबी छ ।
विशेषगरी अशिक्षित, भेदभाव तथा अवसरबाट बञ्चित महिलाहरुलाई सीप सिकाई उनीहरुको शृजना तथा उत्पादनलाई बजारीकरण गर्न उक्त मेलाले महत्वपूर्ण अवसर प्रदान गर्नेछ । शृजनशिल महिला दिदिबहिनीहरुलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशिलता तथा स्वरोजगारतर्फ अगाडि बढ्न प्ररित गर्ने, महिला सशक्तिकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने मेलाको मुख्य उदेश्य रहेको महिला शृजनशिल केन्द्रकी अध्यक्ष मिलु थापाले बताएकी छिन् ।
अघिल्ला बर्षहरुमा आयोजना गरिएको मेलाले पनि महिलाहरुलाई उद्यमशिलताप्रति प्रेरित गराई धेरै महिलाहरु उद्यमी बनी सकेको उदाहरण सुनाउँदै उनले यसपालिको मेलाले पनि धेरैलाई उद्यमी बन्न प्रेरित गर्ने अपेक्षा राखेको बताइन् । साथै विभिन्न सीप भएर पनि रोजगारीको अवसर नपाउने महिलाहरुका लागि महिला सृजनशिल केन्द्रको आफ्नै सोरुममा रोजगारीको सुविधा उपलब्ध गराउने पनि उनले बताएकी छिन् ।





























प्रतिक्रिया