कांग्रेसमाथि चौतर्फी आक्रमण भयो, अब एकढिक्का बनाैंः शेखर कोइराला

कांग्रेसमाथि चौतर्फी आक्रमण भयो, अब एकढिक्का बनाैंः शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । 

आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा नेता कोइरालाले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले भने, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।” 

उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै नेता कोइरालाले तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिए  । उनले भने, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब  कूटनीतिक क्षेत्रमा  समेत कतै ठीक देखिँदैन, यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तवसम्म कठिन हुन्छ ।” आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा उनले बताए । 

तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा कोइरालाले सुझाव दिए।  

Logo