काठमाडौँ र ललितपुरका यी ठाउँमा आज बत्ती जाने

काठमाडौँ र ललितपुरका यी ठाउँमा आज बत्ती जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ र ललितपुरका केही ठाउँमा आज बत्ती जाने भएको छ। प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुनेछ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना लेटेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकाले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। निर्धारित समयअघि काम सकिए तत्कालै विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ।

Skip This
Skip This
Logo