‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा यौनिक अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तु समावेश छ। 

चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ। विपीन कार्की तेस्रोलिंगीका रूपमिा प्रस्तुत भएका छन्। बदलाको कथामा सिनेमा केन्द्रित रहेको ट्रेलरले संकेत गरेको छ। 

तेस्रोलिंगी चरित्रमा देखिएका विपीनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेका छन्। सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्स ट्रेलरमा समावेश छ।जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन्।

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा विपीन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर,राम कैलाश ठाकुर,धिरज ठाकुरको अभिनय छ। सुनील कुमार थापाको निर्माण रहेको सिनेमालाई झरना थापाले निर्देशन गरेकी छन्। चलचित्र यही भदौ २९ गते रिलिज हुँदैछ। 

Logo