भारतले चन्द्रयान ३ सफलतासंगै सूर्य अवलोकन मिसनको सुरुवात गरेको छ। चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुसल अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सूर्यको अवलोकन अभियान सुभारम्भ गरेको हो ।
भारतले स्थानीय समय अनुसार आज विहान ११ बजेर ५० मिनेटको समयमा आदीत्य एल वन, सूर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो ।
आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो । सो यानले अबको चार महिनामा सूर्य ९ लाख ३२ हजार माइल यात्रा पूरा गर्ने भारतीय स्पेश एजेन्सीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भारतले हिन्दु धर्ममा देवता मानिने सूर्य मिसनका लागि अर्को भाषामा आदित्य भनिने सूर्ययान नै त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ । आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।





























प्रतिक्रिया