सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान दुई बजेतिर दुर्घटना भएको थियो।
दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।





























प्रतिक्रिया