‘२०औँ डाबर बाटिका तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०८०’ भव्यताका साथ सम्पन्न भएको छ ।
महिला श्रृजनशील केन्द्र र राइजिङ नेपालको आयोजनामा गत शुक्रबारबाट काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा सुरु भएको उद्यमी मेला आज सकिएको हो ।
श्रृजनशील महिलाको एउटै नारा, उद्यम गरौँ, बनौँ आत्मनिर्भर भन्ने नाराका साथ सुरु भएको मेलामा ८० भन्दा बढी स्टल राखिएको थियो । मेलामा विशेषगरी घरेलु तथा हस्तकलाका सामाग्री, तीज विशेष खानाका परिकारहरु, लत्ताकपडा, श्रृङ्गारका सामग्रीका साथै मौलिकता झल्कने नेपाली उत्पादनहरु राखिएको थियो ।
महिलाहरूले उत्पादनका वस्तुहरूको सहज रुपमा बजारीकरण गर्न र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न उदेश्यले आयोजना गरिएको मेलामा दश हजार बढीले अवलोकन गरेको आयोजकले दाबी गरेको छ ।
अब महिला उद्यमी मञ्च र चितवन उद्योग संघको सहकार्यमा चितवनमा पनि भाद्र २२ देखि २४ गतेसम्म २०औं तीज फेस्टिबल–तीज विशेष उद्यमी मेला आयोजना हुने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् ।





























प्रतिक्रिया