एसियन कप क्रिकेटः नेपालले आज भारतसँग ऐतिहासिक खेल खेल्दै

एसियन कप क्रिकेटः नेपालले आज भारतसँग ऐतिहासिक खेल खेल्दै

केन्द्रबिन्दु
0
Shares

आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ। एसियन कप क्रिकेट- २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो।  सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ।

सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो। नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो। 

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरेपछि नेपाली टोली पाकिस्तानबाट श्रीलंका पुगेको हो। बर्षाका कारण खेल हुन नसकेपछि भारत भने पाकिस्तासँग अंक बाड्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।  

Logo