नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बस्दैछ। तर, समय भने अझै खुलाइएको छैन।
आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाइएको छ। बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ।





























प्रतिक्रिया