एमाले लुम्बिनीमा जुटेन सहमति,आज निर्वाचनबाट नेतृत्व चयन गरिँदै

एमाले लुम्बिनीमा जुटेन सहमति,आज निर्वाचनबाट नेतृत्व चयन गरिँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बिचमा आज मतदान हुँदैछ।

सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेपछि उनिहरुबिच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो।
 
प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ।

तर, दुबै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो। दुबैजना उम्मेदवार मध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्। 

उम्मेदवारी दर्ताको समय आज विहान १० बजेसम्म रहेको छ। यद्धपी, यस बिचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिश भने जारी रहने जनाईएको छ। 

Logo