साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने

साफ यू-१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपालले आज भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दैछ।

समूह ए मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ।नेपालको यो पहिलो खेल हो भने बंगलादेशको दोस्रो खेल हुनेछ। समूह ए को पहिलो खेलमा बंगलादेश भारतसँग १-० ले पराजित भएको थियो। 

समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकोले नेपालले आजको खेल जिते पनि सेमिफाइनल पुग्नेछ। बंगलादेशका लागि भने सेमिफाइनल सम्भावना कायम राख्न नेपालसँग हार टार्नुपर्नेछ।

Skip This
Skip This
Logo