राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले, संविधान अनुसार बन्न बाँकी १ सय ८१ वटा कानून निर्माणमा ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।
छलफलमा राष्ट्रिय सभामा‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’माथिको छलफलमा भाग लिँदै मगरले, हामीले लिष्टीङ गरे अनुसार १ सय ८१ वटा कानूनहरु बनाउनुपर्नेछ।’ उनले भने,‘यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु। ’
त्यस्तै बन्नैपर्ने कतिपय कानून बन्न बाँकी रहेको र बनेका कानूनसमेत काम नलाग्ने भएको भन्दै उनले त्यसतर्फ ध्यान दि नप्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।































प्रतिक्रिया