प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक सांसद महेश बर्तौलाले सरकार कुम्भकर्ण निन्द्रामा परेको टिप्पणी गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले सरकारले विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन् । विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैन् । सरकारलाइ त्यस्को कुनै चासो छैन । कुम्भकर्ण निन्द्रामा पर्यो ।’





























प्रतिक्रिया