निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न सांसद खतिवडाको अनुरोध

निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न सांसद खतिवडाको अनुरोध

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गरेका छन् ।   

आज प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले राजनीतिज्ञहरु निर्वाचित भईसकेपछि कोही आगै ओकल्छु, सिंहदरबार ध्वस्त पार्छु भन्ने गरेको बताए । यस्तै उनले कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम प्रवृत्ति बढेको भन्दै जिव्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका हुन् । 

उनले भने, 'हामी राजनीतिज्ञहरु निर्वाचित भईसकेपछि हाम्रो जिव्रोमा ब्रेक नलागेर जे पनि बोल्न गइरहेका हुन्छौँ । कोही आगै ओकल्छु सिंहदरवार ध्वस्त पार्छु भन्छौँ, कोही जातीय राज्य चाहियो भन्छौँ, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउने काम गर्छौँ । निर्वाचित प्रतिनिधिहरुलाई आफ्नो जिव्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गर्दछु ।'

Logo