सांसद श्रेष्ठको प्रश्नः देश कसले चलाइरहेको छ ?

सांसद श्रेष्ठको प्रश्नः देश कसले चलाइरहेको छ ?

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले सरकार अरुको निर्देशनमा चलेको आशंका गरेका छन् । 

छलफलमा  राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा भाग लिँदै उनले सरकार राष्ट्रिय हितको पक्षमा नचलेको आशंका गरेका हुन् । 

उनले सरकार आँफैले गरेको निर्णयमा एक साता पनि टिक्न नसकेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरे । ‘हामीलाई कसले निर्देशन दिइरहेको छ ? नेपाल को बाट निर्देशित छ ?’ उनले भने ‘पार्टीको अध्यक्षले बोल्दा खास्सै अर्थ फरक पर्दैन तर प्रधानमन्त्रीले बोल्दा  समस्या हुन्छ ।’

सांसद श्रेष्ठले प्राथमिकताका आधारमा संविधान अनुसार बन्न बाँकी विधेयक पेश गर्न आग्रह गरे ।   

Logo