स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन् ।
यसअघि मोहम्मद स्ट्यान्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए । उनीसँग बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेको छ ।
त्यसैगरी उनी बजेटिङ र योजना विज्ञ पनि रहेको बैंकले जनाएको छ । बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेस प्लानिङ एन्ड एनालाइसिस प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव रहेको जनाइएको छ ।
मोहम्मद स्ट्यान्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट)को जिम्मेवारीमा रहेका थिए । उनले बंगलादेशको राजधानीमा रहेको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका छन् ।





























प्रतिक्रिया