भारतविरुद्ध नेपालको २०० रन पूरा, सोमपाल र सन्दीप क्रिजमा

भारतविरुद्ध नेपालको २०० रन पूरा, सोमपाल र सन्दीप क्रिजमा

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले २०० रन पूरा गरेको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ४३ ओभरमा ७ विकेट गुमाउँदै २०० रनको आँकडा पूरा गरेको हो । हाल क्रिजमा ओपनर सोमपाल कामी र सन्दीप लामिछाने छन् । 

पहिलो विकेटका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले ६५ रनको साझेदारी गरेका थिए । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए  । कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए ।

त्यसपछि दोस्रो विकेटमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए । साथै कप्तान रोहित कुमार पौडेल ५ रनमै पवेलियन फर्किए भने कुशल मल्ल २ रनमै आउट भए । सस्तैमा आउट हुने क्रममा उनीहरु तीनै जना भारतीय स्पिनर रविन्द्र जडेजाको सिकार बने । 

यसबीच ओपनर आसिफ शेखले भारतविरुद्ध ऐतिहासिक अर्धशतकीय इनिङ्स खेलेका छन् । उनी  ५८ रनमा मोहम्म्द सिरजको बलमा क्याच आउट भए । सो क्रममा उनले ८ चौका प्रहार गरेका छन् । उनको यो भारतविरुद्ध पहिलो ऐतिहासिक अर्धशतक हो । साथै गुल्सान झाले २३ रन जोड्दा सातौैं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी २९ रनमा आउट भए । 

Logo