राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एसियन कप क्रिकेट- २०२३ अन्तर्गत नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको बताएका छन्।
मंगलबार समाजिक संञ्जाल मार्फत उनले खेलाडीहरुको आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति बधाई दिएका हुन्। उनले लेखेका छन्, ‘७ पटक एशिया कप र २ पटक विश्व कप जितेको भारतसँग नेपाली खेलाडीहरुले जुन प्रतिस्पर्धात्मक खेल खेले,त्यसले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छ। आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति नेपाली खेलाडीहरुलाई बधाई। स्याबास! टिम नेपाल’































प्रतिक्रिया